फिल्डमै क्रियाशील पत्रकार आचार्य सेन्टरको अध्यक्षमा चयन

भरतपुर । नेकपा (माओवादी केन्द्र) निकटका पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपाल चितवनको अध्यक्षमा सौराहनअनलाइन डटकमका सम्पादक राजेन्द्र आचार्य निर्वाचित भएका छन् ।
आइतबार चितवनको भरतपुरमा सम्पन्न वार्षिक साधारणसभा एवम् छैटौँ अधिवेशनले आचार्यलाई अध्यक्षमा चयन गरेको हो । आचार्यको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति गठन भएको छ ।
प्रेस सेन्टरको खुल्ला उपाध्यक्षमा नवीनबाबु मरहठ्ठा, समावेशी उपाध्यक्षमा दिप्ती बिक, सचिवमा सुरेन कुँवर, खुल्ला सहसचिवमा अनिल भट्टराई, समावेशी सहसचिवमा हीरालाल गुरूङ र कोषाध्यक्षमा सुनिल पराजुली चयन भएका छन् ।
सदस्यहरूमा कमलराज ढकाल, प्रतिमा भण्डारी, विशाल अम्गाई, सुजन खनाल, राजकुमार देउजा र सन्तोष विश्वकर्मा रहेका छन् ।
प्रेस सेन्टर चितवनको अध्यक्षमा चयन भएका आचार्य क्रियाशील पत्रकार हुन् । स्थानीय साप्ताहिक पत्रिका, राष्ट्रिय दैनिक पत्रिका, केन्द्रबाट प्रशारण हुने टेलिभिजन, अनलाइन लगायतमा काम गरेको लामो अनुभव छ । आचार्यले आफ्नै सौराहअनलाइन र युट्युब च्यालन सञ्चालन गर्दै आएका छन् ।
समाचारका संकलन गर्न पत्रकार आचार्य आफै फिल्डमा खटिनेमा पर्छन् । आचार्य चितवनका निकै क्रियाशीलमध्येका पत्रकारमा पर्छन् ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
फेसबुकबाट तपाईको प्रतिक्रिया