बसभित्र लावारिस अवस्थामा फेला घरेलु मदिरा रामपुर प्रहरीद्वारा नष्ट

रामपुर । इलाका प्रहरी कार्यालय रामपुर, पाल्पाले बसभित्र लावारिस अवस्थामा बरामद गरेको घरेलु मदिरा नष्ट गरेको छ ।

निस्दी गाउँपालिका वडा नं. ५ बेलडाँडा भन्ने ठाउँमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरी टोलीले आइतबार करीव ४० हजार मूल्य बराबरको घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको प्रहरी निरीक्षक इन्स्पेक्टर रामबहादुर नेपालीले बताए ।

बिक्री गर्ने प्रयोजनका लागि २७० लिटर मदिरा सवारी साधनमा राखेर लैजाने क्रममा प्रहरीले चकजाँचका क्रममा बरामद गरेको थियो ।

सवारी चेकजाँचका क्रममा तानसेनदेखि रामपुरतर्फ आउँदै गरेको लु १ ख ८३६४ नम्बरको यात्रु बाहक बसबाट घरेलु मदिरा बरामद भएको थियो । प्रहरीले घरेलु मदिरा फेला पारेपछि कसैले पनि मदिरा दाबी गरेका थिएनन् ।

इलाका प्रशासन कार्यालय रामपुरका निमित्त कार्यालय प्रमुख गणेशबहादुर कार्की र रामपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोख्रेलको रोवहरमा घरेलु मदिरा नष्ट गरिएको छ ।

Published : Monday, 2025 January 27, 5:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया