भारतीय दूतावासमा ७६औं गणतन्त्र दिवसको अवसरमा विशेष कार्यक्रम

काठमाडौं । नेपालका लागि भारतीय राजदूतावासले भारतको ७६औं गणतन्त्र दिवस विशेष कार्यक्रम गरि मनाएको छ ।
आइतबार लैनचौरस्थित भारतीय राजदूतावासमा ७६औं गणतन्त्र दिवसका अवसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेका छन् । श्रीवास्तवले नेपालमा रहेका भारतीय डायस्पोराका सदस्यहरूलाई शुभकामना पनि दिएका छन् ।
भारतीय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले राष्ट्रका नाममा गरेको सम्बोधन प्रसारण गरिएको छ । भारतीय समुदायका सदस्यहरूको ठूलो उपस्थिति थियो ।
राजदूत श्रीवास्तवले भारतीय सशस्त्र बलका मृतक सैनिकका श्रीमती र निकटतम नातेदारलाई ५ करोड रकम वितरण गरी सम्मान गरेका छन् ।
भारतीय सशस्त्र बलका २१९ जना मृतक सदस्यका श्रीमती र निकटतम नातेदारलाई २३.२९ करोड रकम पनि वितरण गरिएको थियो । आर्मी ग्रुप इन्स्योरेन्स (एजीआई) कार्यक्रमअन्तर्गत वर्ष २०२४ का लागि डेथ–इन–सर्भिस, एक्सटेन्डेड इन्स्योरेन्स र एजीआई परिपक्वता भुक्तानीलगायत समावेश छन् ।
राजदूत श्रीवास्तवले नेपालमा बसोबास गर्ने भूतपूर्व सैनिकहरूका लागि भारत सरकारको कल्याणकारी पहलहरू समावेश गरिएको भूपू–२०२५ पत्रिकाको पनि लोकार्पण गरेका छन् ।
भारतीय दूतावासले नेपालका ६ वटा प्रदेशका २९ वटा शैक्षिक संस्थाहरूलाई २३.५ लाख बराबरका पुस्तकहरु प्रदान गरेको थियो । दुर्गम क्षेत्रमा रहेका विद्यार्थीका विशेष आवश्यकता र अनुरोधअनुसार उनीहरूलाई शैक्षिक सामग्री प्रदान गरिएको दूतावासले जनाएको छ ।
कात्तिक २६ देखि मंसिर २६ गतेसम्म आयोजित भारतको जानिए (बीकेजे ) क्विजमा नेपालका शीर्ष ५० स्कोररहरूलाई सर्टिफिकेट्स अफ अचिभमेन्ट प्रदान गरेर सम्मान गरिएको थियो ।
बीकेजे क्विजको उद्देश्य विदेशी नागरिक तथा विदेशमा बस्ने भारतीय समुदायको भारतबारे ज्ञान एवं बुझाइलाई थप वृद्धि गर्ने रहेको दूतावासले जनाएको छ ।
पुरस्कारको अंशको रूपमा विश्वभरका क्विजका शीर्ष ३० विजेताहरूलाई यस महिनाको सुरुवातमा दुई हप्ते बीकेजे यात्राको लागि भारत आमन्त्रित गरिएको थियो ।
विजेताहरूमध्ये नेपालका निखिल कुमार दास पनि थिए । जसले भारतको यो विशेष यात्राको हिस्सा बन्ने मौका प्राप्त गरेको दूतावासले जनाएको छ ।
कार्यक्रममा नेपाल–भारत सम्बन्धमा भएको प्रगतिबारे विस्तृत जानकारी भिडियोमार्फत प्रस्तुत गरिएको थियो । काठमाडौंको दूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालयका विद्यार्थीले सांस्कृतिक प्रस्तुति देखाएका थिए ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
फेसबुकबाट तपाईको प्रतिक्रिया