आफूलाई चलाउन खोजे डा.ज्ञवालीले बागमतीका स्वास्थ्यमन्त्रीलाई पावर देखाइदिने

भरतपुर । चितवनको रत्ननगर नगरपालिकामा रहेको बकुलहर रत्ननगर अस्पतालका प्रमुख डा.मदन ज्ञवालीका हर्कतका कारण बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापा मगरको नाममा विवादमा आउन थालेको छ ।
डा.ज्ञवालीले आफ्ना गलत कर्तुतहरू ढाकछोप गर्न स्वास्थ्यमन्त्री थापाको नाम लिने गरेको आरोप छ । डा.ज्ञवालीले अस्पतालमा गरेका अनियमितता र गतिविधिहरूका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीहरू परेका छन् । अख्तियारले डा.ज्ञवालीमाथि सुक्ष्म ढङ्गले अनुसन्धान अगाडि बढाएको उच्च स्रोतले जनाएको छ ।
अस्पतालका चिकित्सक, स्वास्थ्य कर्मचारीहरू डा.ज्ञवालीका गतिविधिबाट निकै रुष्ट छन् । कुनै पनि बेला डा.ज्ञवालीका विरुद्ध अस्पतलका कर्मचारीहरूको विद्रोहको विष्फोट हुने सम्भावना रहेको एक कर्मचारीले बताए । ती कर्मचारीले भने, ‘डा.मदन ज्ञवाली लामो समयदेखि अस्पतालमा हुनुहुन्छ । अस्पतालमा जरा गाढेर किन बस्नु भएको ? प्रश्न उठिरहेका छन् । अस्पतालको सेवा पनि खस्किन थालेको छ । उहाँले गरेका गलत कार्यको आलोचना गर्दा स्वास्थ्यमन्त्रीज्यू र एमाले पार्टीको नाम लिएर धम्काउनु हुन्छ ।’
डा.ज्ञवालीका विषयमा आइरहेका विवाद र गुनासाहरूका विषयमा स्वास्थ्यमन्त्री थापाले आफूले यो विषयलाई गम्भीरतापूर्वक लिने बताए । उनले बागमती प्रदेश सरकार मातहतका अस्पतालहरूमा कुनै पनि गलत कुराको तथ्य प्रमाण आएमा तत्काल कारबाही गर्ने चेतावनी दिएका छन् । उनले ऐन, कानूनलाई सबैले पालना गर्नुपर्ने बताएका छन् ।
डा.ज्ञवाली अस्पतालमा मापदण्ड विपरित बसेका छन् । कार्यकाल समाप्त हुँदा पनि उनी अस्पताल छाड्न चाहँदैनन् । अस्पतालमा उनी विगत ३० महिनादेखि अड्डा जमाएर बसेका छन् ।
डा.ज्ञवालीले आफ्ना विरोधीहरूसँग एमालेको आशीर्वाद रहेको बताउने गरेको स्रोतले जनाएको छ । डा.ज्ञवालीले स्वास्थ्यमन्त्री थापाले आफूलाई हटाउन वा कारबाही गर्न खोजे एमालेको सबै शक्ति लगाएर देखाइदिने बताउने गरेको अस्पतालमा चर्चा छ ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
फेसबुकबाट तपाईको प्रतिक्रिया