चितवनको जीर्ण कबर्ड हलको मर्मतका लागि बजेटमा समेट्छु : खेलकुदमन्त्री महर्जन

भरतपुर । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले चितवनमा रहेको कबर्ड हलको निरीक्षण गरेका छन् ।
आइतबार चितवन जिल्ला खेलकुद विकास समिति अध्यक्ष राजन कार्की कबर्ड हलको अवस्थाबारे मन्त्री महर्जनलाई जानकारी गराएका छन् । मन्त्री महर्जनलाई कबर्ड हल अवलोकनका लागि कार्कीले निमन्त्रणा गरेका थिए ।
अध्यक्ष कार्कीले कबर्ड हल जीर्ण रहेको र वर्षातको समयमा पानी चुहिने समस्याबाट गुज्रिनु परेको खेलकुदमन्त्री महर्जनलाई अवगत गराएका छन् ।
खेलकुदमन्त्री महर्जनले आउँदो आर्थिक वर्षको बजेटमा कबर्ड हलको मर्मत सम्भारका लागि बजेट व्यवस्थापन गर्ने आश्वासन दिएका छन् ।
मन्त्री महर्जनले कबर्ड हलका लागि बजेटको व्यवस्थापन गर्ने आश्वासन दिएपछि चितवन जिल्लाका खेलाडीहरू खुशी भएका छन् ।
महर्जनले बागमती प्रदेश खेलकुदको हबको रुपमा रहेको बताए । बागमती प्रदेशभित्र रहेका काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन लगायत १३ जिल्लामा प्रत्येक दिन विभिन्न खेलकुद हुने गरेको बताए ।
उनले बागमतीका जिल्लाहरूमा प्रत्येक दिन ३० वटासम्म खेलकुद प्रतियोगिता भइरहेको बताए ।
बागमती प्रदेश सरकारले खेलकुदको गतिविधिलाई हेरेर भौतिक पूर्वाधारको विस्तार गर्नुपर्ने बताउँदै खेलकुदमन्त्री महर्जनले आफू सोही विषयमा केन्द्रित रहेको बताए ।
‘मभन्दा पहिलेका खेलकुदमन्त्रीहरूले खेलकुद र खेलकुदको पूर्वाधार बनाउने विषयमा चासो दिएको देखिएन’, महर्जनले भने, ‘बागमती प्रदेश सरकारको एक स्थानीय तहमा एक रंगशालाको अवधारणा रहेको छ । यो अवधारणा अहिलेसम्म कार्यन्वयन हुन सकेको छैन ।’
देशमा संघीयता लागू भएको ७ वर्ष भइसक्दा पनि प्रदेशमा भन्दौ धेरै अधिकार केन्द्रमा सीमित रहेको उनले बताए । जसले गर्दा संघीयता बिरोधीहरूलाई कुरा गर्न ठाउँ मिलेको मन्त्री महर्जनले बताए ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
फेसबुकबाट तपाईको प्रतिक्रिया