परराष्ट्रमन्त्री डा.राणाद्वारा भारतको गणतन्त्र दिवसका अवसरमा शुभकामना प्रदान

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले भारतको ७६औँ गणतन्त्र दिवसको अवसरमा बधाई तथा शुभकामना दिएकी छिन् ।
सामाजिक सञ्जालमार्फत आइतबार डा.राणाले भारतीय विदेशमन्त्री डा.एस.जयशङ्करमार्फत भारतीय जनता र सरकारलाई गणतन्त्र दिवसको अवसरमा निरन्तर प्रगति, समृद्धि र उन्नतिका लागि शुभकामना दिएकी हुन् ।
परराष्ट्रमन्त्री डा.राणाले घनिष्ठ छिमेकीका रूपमा, शताब्दीऔँको साझा इतिहाँस, पारस्परिक सम्मान र विभिन्न क्षेत्रमा सहयोगको माध्यमबाट मित्रताको बलियो बन्धन र घनिष्ठ सम्बन्ध अनवरत रहेको बताएकी छिन् ।
आगामी वर्षहरूमा यी सम्बन्धहरू अझ थप सुदृढ हुँदै जाने परराष्ट्रमन्त्री डा.राणाले बताएकी छिन् ।
Published : Sunday, 2025 January 26, 8:57 pm
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
फेसबुकबाट तपाईको प्रतिक्रिया