श्रेष्ठको संगीत र समीक्षाको स्वरमा ‘नयाँ बाटो रोज्दैछ…’ रिलिज

काठमाडौं । संगीतकार सन्तोष श्रेष्ठको संगीतमा ‘नयाँ बाटो रोज्दैछु…’ बोलको गीत सार्वजनिक गरिएको छ ।

गीतकार हरि कटुवालको शब्द रहेको गीतमा गायिका समीक्षा अधिकारीको स्वर रहेको छ । सञ्जीव बराइलीको सङ्गीत संयोजन रहेको गीतलाई किशोर थापाले सम्पादक गरेका छन् ।

म्युजिक भिडियोमा गीता ढुङ्गाना र पर्वत गदाइलीले अभिनय गरेका छन् । म्युजिक भिडियोलाई देवराज आचार्यले छायाङ्कन र निर्देशन गरेका छन् ।

‘नयाँ बाटो रोज्दैछु…’ बोलको गीतको म्युजिक भिडियोलाई हाइलाइट्स नेपालको युट्युबबाट सार्वजनिक गरिएको छ ।

Published : Sunday, 2025 January 26, 12:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया