कांग्रेस संसदीय दलको बैठक बस्दै, सभापति देउवाले निर्देशन दिने

काठमाडौं । संसदको दुबै सदनमा प्रस्तुत हुने विषयमा रणनीति बनाउन नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको छ ।

नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हालमा बैठक दिउँसो २ बजे बस्नेछ । संसदको हिउँद अधिवेशन माघ १८ गतेबाट शुरु हुन लागेको छ । संसदको बैठकको तयारी स्वरुप कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

बैठकमा समग्र राजनीति र संसदमा कांग्रेसको रणनीतिका विषयमा सभापति समेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवाले निर्देशन दिनेछन् ।

कांग्रेसले सरकारको अध्यादेश, अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयक तथा यसअघि प्रस्तुत भएका विधेयकबारे छलफल हुनेछ ।

Published : Sunday, 2025 January 26, 11:32 am

फेसबुकबाट तपाईको प्रतिक्रिया