माओवादी, रास्वपा पनि सत्तामा पुगेकै छन्, सबैका खुट्टी देखेकै छौं : सभापति खवितडा

काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आलोचना र जुहारीको राजनीतिक गर्न नहुने बताएका छन् ।
शनिबार भक्तपुरको ठिमीमा टारकेराबारी सेवा समाजले आयोजना गरेको कार्यक्रममा सभापति खतिवडाले एकले अर्कालाई गालीगलौज र आलोचनाको राजनीतिको आफू विरोधी रहेको बताए ।
उनले भने, ‘म राजनीतिक जुहारी खेल्न बेला पनि छैन । २०७९ सालको चुनाव पछाडि हामी यहाँ भएका सबै साथीहरू सत्तामा पुगिसकेका छौँ ।’
‘चाहे कांग्रेस, चाहे एमाले, चाहे माओवादी, चाहे रास्वपा पनि । सबै सत्तामा तर, सबैका खुट्टी सबैले देखेकै छ’, उनले भने, ‘एउटाले अर्कोलाई दोष लगाएर हुँदैन । मैले चाहिँ सबैभन्दा राम्रो गरेँ ।’
उनले भने, ‘फलानोले नराम्रो गर्यो भन्ने परम्पराको प्रवृत्ति सबैभन्दा गलत प्रवृत्ति हो । मैले गरे पनि गलत प्रवृत्ति हो । हामीले समाज परिवर्तनका लागि काम गर्ने हो ।’
‘निराशा भएको समाजलाई आशामा परिणत गर्ने हो । मुलुकलाई केही आशा दिलाउने हो’, सभापति खतिवडाले भनेका छन् ।
उनले भने, ‘एउटा वडाध्यक्ष बेखुसी हुँदै गर्दा संघ र प्रदेशको माननीयको चित्त खुसी हुँदैन । एउटा अध्यक्ष बेखुशी हुँदै गर्दा हाम्रो मन खुशी हुँदैन ।’
‘हाम्रो चाहना समग्र ओखलढुङ्गाको उन्नति र प्रगतिसँग हुन्छ । हाम्रो इच्छार चाहना ओखलढुङ्गाको उन्नतिमा छ’, उनले भने ।
‘हाम्रो बाध्यताको बस्तुगत तथ्यका विषयमा धेरै भन्न चाहँदैन । अहिले हामी २५ खर्बभन्दा बढि ऋणमा बाँच्नुपर्ने अवस्था छ’, खतिवडाले भने ।
सभापति खतिवडाले भने, ‘देशको झण्डै १७ खर्ब ५१ अर्ब यो वर्षको बजेट ल्याएका छौँ । विकास निर्माणमा ३ खर्बभन्दा धेरै छैन । म चुनाव लड्दै गर्दा ६ खर्ब ऋण थियो । ०७९ मा आइपुग्दा अहिले देशले २५ खर्ब ऋण बोक्नुपर्ने अवस्था सिर्जना भएको छ । त्यसको सावाँ र व्याज सरकारले तिर्नुपर्ने भएको छ । विकास निर्माण विदेशबाट ऋण लिएर गर्नुपर्ने भएको छ ।’
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
फेसबुकबाट तपाईको प्रतिक्रिया