सहकारी ठगी गर्नेको सम्पत्तिबाटै पीडितलाई पैसा फिर्ता गराउनुपर्छ : डा.प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सहकारी ठगी गर्नेको सम्पत्तिबाटै पीडितलाई पैसा फिर्ता गराउन पहल गर्नुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वअर्थमन्त्री समेत रहेका डा.महतले समस्यामा देखिएका सहकारीका सञ्चालक र तिनका परिवारको सम्पत्तिबाट रकम फिर्ता गर्नुपर्ने बताए ।

उनले समस्या देखिएका सहकारीका सञ्चालक र तिनका परिवार मोटाउने र बचतकर्ता पीडित हुने, बचत फिर्ता नपाउने अवस्था देखिएकाले सञ्चालक एवं तिनका परिवारका सदस्यको सम्पत्तिबाटै पैसा फिर्ता गरिनुपर्ने बताए ।

Published : Friday, 2025 January 24, 10:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया