इपिएसमा कोरिया जाने कामदारको हवाई टिकटमा प्रतिव्यक्ति ७३ हजार बचत : महानिर्देशक खत्री

काठमाडौं । वैदेशिक रोजगार विभागका विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले इपिएस प्रणालीमार्फत दक्षिण कोरिया जाने कामदारको हवाई टिकटमा प्रतिव्यक्ति ७३ हजार रूपियाँ जोगिन थालेको बताएका छन् ।
खत्रीले इपिएस प्रणालीमार्फत कोरिया जाने कामदार ट्रान्जिटमार्फत जाने पाउने व्यवस्था भएसँगै प्रतिकामदार ७३ हजार रूपियाँले हवाई भाडा सस्तिएको बताए ।
यसअघि सिधा उडानको माध्यमबाट मात्रै कोरिया जान पाउने व्यवस्था थियो । हाल ट्रान्जिटमार्फत पनि जान पाउने व्यवस्था गरिएको छ ।
महानिर्देशक खत्रीले भने, ‘कोरिया सरकारलाई सहमत गराई हाल प्रतिकामदार ४८ हजार ८६५ रूपियाँमा टिकट पाउने व्यवस्था गराइएको छ ।’
यसअघि टिकट शुल्क प्रतिकामदार एक लाख २१ हजार बढी तिर्नुपथ्र्याे ।
खत्रीले भने, ‘म आइसकेपछि एचआरडी कोरियासँग पहिलो प्रस्ताव कामदारले सकेसम्म आफैं टिकट लिन पाउने व्यवस्था गरौं भनेर राखेको थिएँ ।’
‘कामदारले लिँदा जति सस्तोमा पाइन्छ त्यो हेरेर किन्न पाउँदा सहज हुने थियो । यसमा कोरिया सहमत भएन’, खत्रीले भने, ‘ट्रान्जिट उडानका लागि टेन्डर गरियो ।’
सीधा उडानमा कोरियन एयरलाइन्सको एकाधिकार थियो । जसले गर्दा कामदारहरू चर्को शुल्क तिरेर कोरिया गइरहेका थिए । नयाँ टेन्डरपछि टिकट सस्तिएको छ । नयाँ व्यवस्था माग ३ गतेदेखि लागू भएको छ ।
वर्षमा करिब १५ हजार कामदार कोरिया जाने गरेको र अबका वर्षमा कामदारको एक अर्बभन्दा बढी रकम जोगिने महानिर्देशक खत्रीले बताएका छन् ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
फेसबुकबाट तपाईको प्रतिक्रिया