कांग्रेस नेता बस्नेतद्वारा ९ सय विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री हस्तान्तरण

इन्द्रावती । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको ८ वटा विद्यालयहरूमा न्यानो कपडा तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् ।
शुक्रबार इन्द्रावती गाउँपलिकामा नेता बस्नेतले ८ वटा विद्यालयहरूमा अध्ययनरत करीव ९ सय विद्यार्थीका लागि न्यानो कपडा तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।
न्यानो कपडा तथा शैक्षिक सामग्री ऐसेलुखर्क माध्यामिक विद्यालयका पूर्वविद्यार्थी एवम् शैक्षिक अभियान्ता मोहनबहादुर गिरीले उपलब्ध गराएका हुन् ।
इन्द्रावती गाउँपालिकाका विभिन्न ठाउँमा रहेका ८ वटा विद्यालयका करिब ९०० जना छात्र, छात्रालाई न्यानो कपडा तथा शैक्षिक सामग्री सम्बन्धित विद्यालयका शिक्षकहरूलाई प्रदान गरिएको नेता बस्नेतका स्वकीय सचिव रामेश्वर आचार्यले बताए ।
कांग्रेसका नेता एवम् पूर्वमन्त्री बस्नेतले गृहजिल्ला सिन्धुपाल्चोकमा विकास निर्माणका साथै शैक्षिक संस्थाहरूमा विशेष ध्यान दिँदै आएका छन् । आर्थिक अभावका कारण अध्ययन गर्न नसकेका अतिविपन्न विद्यार्थीलाई काठमाडौं उपत्यकामा ल्याएर विभिनन विद्यालय र क्याम्पसहरूमा नेता बस्नेतले भर्ना गरिदिएका छन् ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
फेसबुकबाट तपाईको प्रतिक्रिया