कांग्रेसले ‘नेपाल स्टार्टअप र साना तथा मझौला सम्मेलन’ गर्ने, सभापति देउवाद्वारा उद्घान
काठमाडौं । नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले ‘नेपाल स्टार्टअप र साना तथा मझौला सम्मेलन’को आयोजना गरेको छ ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी विभागकी संयोजक उर्मिला थपलियाले नेपाल स्टार्टअप र साना तथा मझौला सम्मेलनमा आउने सुझावलाई कार्यान्वयनमा लैजाने बताइन् । सम्मेलनको सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नेछन् ।
विभागले सम्मेलन माघको १६ र १७ गते दुई दिने गर्नेछ । कांग्रेस केन्द्रीय कार्यालय, वीपीनगर, ललितपुरमा सभापति देउवाले माघ १६ गते बिहान ९ बजे सम्मेलनको उद्घाटन गर्ने विभागकी संयोजक थपलियाले बताइन् ।
सम्मेलनका लागि विभिन्न एजेण्डा र कार्यक्रमहरू राखिएका छन् । दुई दिनको छलफलपछि आउने सुझावलाई सम्बन्धित निकायमा दिइनेछ ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया