तत्कालीन सचिव अन्सारीको ३८ लाखको भ्रष्टाचार काण्ड, अख्तियारद्वारा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा तत्कालीन सचिव आस महमद अन्सारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सोमबार अख्तियारले विशेष अदालतमा तत्कालीन गाउँ विकास समितिका सचिव अन्सारीविरुद्ध ३८ लाख ३० हजार ५०० भ्रष्टाचार गरेको अभियोगमा आरोप पत्र दायर गरेको विज्ञप्तिमा उल्लेख छ ।
बारा जिल्लाको साविक आदर्श गाविस भवानीपुर जीतपुर हाल (जीतपुरसिमरा उपमहानगरपालिका) तत्कालीन सचिव अन्सारीले गुदरी बजार र मीना बजारका सटरहरू उपभोक्तालाई भाडामा लगाउँदा लिएको धरौटी वापतको रकमसँग सम्बन्धित कागजातहरू लुकाइ बरबुझारथ समेत गरेका थिएनन् ।
अन्सारीले २२१ जना उपभोक्ताहरूबाट लिएको धरौटी वापतको ३८ लाख ३० हजार ५०० रुपियाँ खातामा जम्मा नगरेको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।
धरौटी वापत विभिन्न २१२ जनासँग लिएको रकमको विवरणसहितका कागजात तथा अन्य सरकारी सार्वजनिक निकायको कागजात लुकाएको र नोक्सान गरेको पुष्टि भएको हुँदा अन्सारीलाई भ्रष्टाचार ऐन बमोजिमको कसूरमा कैद र जरिवाना सजायको माग दावी गरिएको छ ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
फेसबुकबाट तपाईको प्रतिक्रिया