अधिवक्ता कुट्ने सहकारी ठगका अभियुक्त रविका अर्का कार्यकर्ता पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई कुटपिट गरी फरार रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता ३२ वर्षीय महानन्द जैसी भन्ने महेन्द्र पाण्डेलाई पक्राउ गरेको छ ।
माघ २ गते काठमाडौं जिल्ला अदालतको परिसरमा वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गरेर फरार भएका पाण्डेलाई खोजतलास गर्ने क्रममा टोखा नगरपालिका वडा नं. ३ बाट शनिबार पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।
त्रिपाठीमाथि भएको कुटपिटमा संलग्न रही फरार रहेका व्यक्तिहरूको खोजतलास गर्ने क्रममा पाण्डे पनि पक्राउ परेका छन् ।
पाण्डे हुम्ला जिल्लाको अदानचुली गाउँपालिका वडा नं. ४ घर भई हाल जिल्ला काठमाडौंको सूर्यदर्शन हाईट बस्ने बस्दै आएका थिए ।
पाण्डेलाई प्रहरी वृत्त सिंहदरवारबाट थप अनुसन्धान भइरहेको छ । वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गर्ने वारदातमा संलग्न अन्य व्यक्तिहरूको गरी खोजतलास कार्य जारी रहेको विज्ञप्तिमा उल्लेख छ ।
सहकारी ठगका अभियुक्त रवि लामिछानेको मुद्दामा सहकारीपीडितको तर्फबाट बहस गरेर बाहिरिने क्रममा अदालत परिसरमा रास्वपाका कार्यकर्ताहरूले वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गरेका थिए ।
कुटपिट गर्नेमध्येका ४८ वर्षीय ललितकुमार के.सी. पक्राउ परिसकेका छन् । के.सी.को स्थायी ठेगाना दोलखाको तामाकोशी गाउँपालिका वडा नं. १ मा पर्छ । के.सी. हाल ललितपुरको महालक्ष्मी नगरपलिका वडा नं. ५ टीकाथलीमा बस्दै आएका छन् ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
फेसबुकबाट तपाईको प्रतिक्रिया