सहकारी ठगका अभियुक्त रविका कार्यकर्ताले कानून व्यवसायी कुटेपछि विरोध प्रदर्शन

काठमाडौं । कानून व्यवसायीहरूले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको बिरुद्धमा काठमाडौंमा प्रदर्शन गरेका छन् ।

आइतबार नेपाल बार एसोसिएसन सर्वोच्च अदालत परिसरमा कानून व्यवसायीहरूले हातमा कालोपट्टी बाँधेर विरोध जनाएका हुन् ।

सर्वोच्च अदालत बार एशोसिएशनको आह्वानमा बारका सदस्यहरूले विरोध जनाएका छन् । उनीहरूले शान्ति सुरक्षा र दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गरेका छन् ।

सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा सहकारीपीडितको पक्षमा बसह गरेर बाहिर निस्कने बेला काठमाडौं जिल्ला अदाल परिसरमा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि रास्वपाका कार्यकर्ताहरूले आक्रमण गरेका थिए ।

कानून व्यवसायीहरूले वकालत गरेबापत हुने हमला भनेको न्यायिक प्रक्रियाको अवरोध र अदालतको अवहेलना भएको बताएका छन् ।

यस्ता किसिमका गतिविधिहरू गर्ने व्यक्तिलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने कानून व्यवसायीहरूले माग गरेका छन् ।

Published : Sunday, 2025 January 19, 7:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया