सिन्धुपाल्चोक माओवादीका नेताहरू तस्करीमा संलग्न, अपराध प्रहरीद्वारा काठमाडौंबाट पक्राउ

बाह्रबिसे । सिन्धुपाल्चोकका नेकपा (माओवादी केन्द्र)का नेता ज्ञानबहादुर तिमल्सिनासहित दुई जनालाई रक्तचन्द तस्करीको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
बलेफी गाउँपालिका वडा नं. ८ निवासी माओवादी नेता तिमल्सिना र काठमाडौं महानगरपालिका वडा नं. १४ का रमेश थापालाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले उनीहरूको साथबाट ४ सय ३१ किलो रक्तचन्दन बरामद गरेको छ ।
तिमल्सिना र थापाले रक्तचन्दन कहाँबाट ल्याएका हुन् भन्नेबारेमा प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ ।
अवैध मानिएको रक्तचन्दनसहित तिमल्सिना पक्राउ परेपछि तातोपानी नाकाबाट तस्करीको रूपमा रक्तचन्दन निर्यात हुने गरेको तथ्य खुलेको छ ।
भारतबाट तिमल्सिना र उनको समूहले यसअघि पनि ठूलो परिणाममा रक्तचन्दन खासातर्फ तस्करी गरेको खुल्न आएको थियो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यका अनुसार तिमल्सिना र थापालाई गैर कानूनी रूपमा अवैध वन पैदावार रक्तचन्दन कारोबार गर्न लागेको प्रहरीलाई गोप्य सूचना मिलेको थियो ।
प्रहरीले खोजतलास गर्दा तिमल्सिनालाई काठमाडौंको पेप्सीकोलास्थित डेराबाट रक्तचन्दनसहित माघ १ गते बेलुकी ७ बजे पक्राउ गरेको एसपी आचार्यले बताए ।
प्रहरीले उनीहरूलाई डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा राखेर अनुसन्धान शुरु गरेको छ ।
रक्तचन्दन विश्व वन्यजन्तु तथा वनस्पतिको नियमन गर्ने अभिसन्धि (साइटिस)को अनुसूची–२ मा सूचीकृत वनस्पतिमा पर्छ ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
फेसबुकबाट तपाईको प्रतिक्रिया