कांग्रेस कोशी प्रदेशका सभापति थापामाथि सांघातिक हमला, आपराधिक व्यक्तिहरूलाई कारबाहीको माग

काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता उद्धव थापामाथि केही व्यक्तिले आक्रमण गरेका छन् ।
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका थापामाथि केही व्यक्तिले शनिबार झापामा गरेको आक्रमणको नेपाली कांग्रेस केन्द्रीय कार्यालयले घोर निन्दा र भर्त्सना गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा आइतबार जारी विज्ञप्तिअनुसार सभापति थापा आक्रमणमा संलग्न व्यक्तिहरूलाई कारबाहीको माग गरेका छन् ।
नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्कदै गर्दा कन्काई नगरपालिकाको सुरुङ्गा नजिक सभापति थापामाथि आक्रमण भएको थियो । थापाको निधारमा चोट लागेको कांग्रेसले विज्ञप्तिमार्फत जनाएको छ ।
‘उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै नेपाली कांग्रेस घटनाको यथार्थ छानविन गरेर अराजक र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कडा कानूनी कार्वाहीका लागि सरकारसँग माग गर्दछ’, कांग्रेसको विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया