एमालेले देखाइदियो प्रचण्डलाई तथ्यसहित बिगतको औकात

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिउँदे अधिवेशनको माग गरिरहेका बेला एमालेका महासचिव शंकर पोखरेलले जवाफ फर्काएका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले अध्यक्ष दाहाललाई तत्कालीन समयमा प्रधानमन्त्री रहेका बेला माघको अन्तिम साता हिउँदे अधिवेशन बोलाएको तथ्य देखाइदिएका छन् ।
पोखरेलले भनेका छन्, ‘प्रचण्डजी प्रधानमन्त्री हुदाँ हिउँदे अधिवेशन माघको अन्तिम सातामा वोलाएको विर्सनु भएछ कि क्या हो ?’
‘उहाँलाई अहिले माघको पहिलो हप्तामै हिउदे अधिवेशन नडाकेकोमा ठूलो चिन्ता भएछ’, महासचिव पोखरेलले भने, ‘अनि उहाँले प्रतिपक्षमा रहेका दलहरूको बैठक डाकेर विशेष अधिवेशन बोलाउने घुर्की समेत लगाउनु भएछ ।’
‘विशेष अधिवेशनले हिउँदे अधिवेशनको आवश्यकता पूरा गर्दैन भन्ने उहाँलाई हेक्का त होला नै । तर, पनि विपक्षी दलको नेता भयसी घुर्की त लगाउनै प¥यो क्यारे ! होइन त ?’, एमालेका महासचिव पोखरेलले माओवादी अध्यक्ष दाहाललाई प्रश्न गर्दै भनेका छन् ।
एमालेका महासचिव पोखरेलले माओवादीका अध्यक्ष दाहाललाई औकात देखाइदिएका छन् । विगतको तथ्य बाहिर ल्याएर माओवादीको अनुहार उदाङ्गो पारिदिएका छन् ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
फेसबुकबाट तपाईको प्रतिक्रिया