भक्कामा प्रचण्ड र गंगाको नौटंकी, जुत्ताकै मूल्य ६० हजार

काठमाडौं । सामान्य जुत्ता र कपडा लगाएर कथित जनयुद्ध लडेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकै महँगो पर्ने जुत्ता, कपडा, घडीसहित सडकमा देखिएका छन् ।

शनिबार बिहान बिराटनगरमा आफ्नी छोरी गंगा दाहाल, सुरक्षाकर्मी र केही कार्यकर्ताहरूसहित मर्निङवाकमा निस्किएका छन् । दाहालले मर्निङवाकमा लगाएका जुत्ता, ट्रयाक सुट, घडीको निकै चर्चा भएको छ । सामाजिक सञ्जालमा दाहालले लगाएको जुत्ता, ट्रयक सुट र घडीको विषयलाई लिएर ठूलो बहस शुरु भएको छ ।

अध्यक्ष दाहालकी छोरी गंगा दाहालले पनि निकै महँगो ट्रयाक सुट, जुत्ता र टोली लगाएकी छिन् । उनले तस्बिरहरू फेसबुकमा राखेर लेखेकी छिन्, ‘बिराटनगरमा मर्निङवाक पश्चात थारु समुदायको खाना भक्काको स्वाद लिदै अध्यक्ष !’

१ सय रुपियाँको भक्का खान अध्यक्ष दाहाल र उनकी छोरी गंगा महँगा जुत्ता, कपडासहित सडकमा पुगेको विषयमा ट्रोल बनेका छन् । उनीहरूको निकै आलोचना भइरहेको छ । उनीहरूले लगाएका जुत्ता, ट्रयाक सुट, क्याप र घडी ब्राण्डेड हुन् । ती सामग्रीहरूको मूल्य लाखौँमा पर्छ । अध्यक्ष दाहालले लगाएको जुत्ताकै मूल्य ६० हजारसम्म पर्छ । घडीको त कुरै नगरौँ । रोलेक्स घडी रहेछ भने न्यूनतम पनि १५ लाखसम्म पर्नेछ ।

सँगै रहेका कार्यकर्ताहरूले रमाइलो मानेर अध्यक्ष दाहाल र छोरी गंगासँग हिँडेका छन् । गरिव जनताको लागि कथित क्रान्ति गरेका दाहाल अहिले संभ्रान्त व्यक्तिहरूले लगाउने र रुचाउन जुत्ता, कपडा, घडीमा देखिएपछि आलोचना भएको हो ।

सत्तामा रहँदासम्म जनतासँग भेट गर्न मन नपराउने पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहाललाई अहिले आएर सडकमा भक्का खान मन लागेको तस्बिर सार्वजनिक गरेर सबैलाई चकित तुल्याइदिएका छन् । सिन्धुपाल्चोकमा सुकेटेको महँगो रिसोर्टको बसाइपछि दाहाल छोरीलाई लिएर बिराटनगरमा भक्का खान पुगेका छन् ।

Published : Saturday, 2025 January 18, 8:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया