सहकारी गठका अभियुक्त रास्वपाका सभापति लामिछानेका कार्यकर्ता पक्राउ

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता ४८ वर्षीय ललितकुमार के.सी.लाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका के.सी.को स्थायी ठेगाना दोलखाको तामाकोशी गाउँपालिका वडा नं. १ मा पर्छ । के.सी. हाल ललितपुरको महालक्ष्मी नगरपलिका वडा नं. ५ टीकाथलीमा बस्दै आएका छन् ।
के.सी.लाई नियन्त्रणमा लिई ज्यान मार्ने उद्योग कसूरमा काठमाडौं जिल्ला अदालबाट म्याद थप गरी प्रहरी वृत्त सिंहदरवारबाट थप अनुसन्धान भइरहेको विज्ञप्तिमा उल्लेख छ ।
के.सी.ले माघ २ गते अन्दाजी १५ः४५ बजेको समयमा काठमाडौं जिल्ला अदालतको दक्षिण गेट बाहिर सार्वजनिक सडकखण्डमा सर्वसाधारणहरूको भिड रहेको अवस्थामा वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गरेका थिए ।
अदालतको दक्षिण गेट अगाडिको सडकखण्डमा ज्रेबा क्रसिङबाट सडक पार गर्ने क्रममा भिडमा रहेका केही व्यक्तिहरूले हुल हुज्जत गरी आक्रमण गर्न खोजेका थिए । तत्काल प्रहरी परिचालित भई वरिष्ठ अधिवक्ता त्रिपाठीलाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको थियो ।
आक्रमण गर्ने व्यक्तिहरूमध्येबाट प्रहरीले के.सी.लाई पक्राउ गरेको थियो । के.सी. रास्वपाका कार्यकर्ता हुन् । सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा हुलहुज्जत गरेर न्यायालयलाई प्रभावित बनाउने हुलमा के.सी. पनि उपस्थित रहेका थिए ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
फेसबुकबाट तपाईको प्रतिक्रिया