तत्काल सत्ता नफर्किने भएपछि प्रचण्डभित्र छट्पटी

काठमाडौं । सत्ताभन्दा बाहिर पुगेपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छटपट्टी भएको छ ।

माओवादी तत्काल सत्ता फर्किने सम्भावना छैन । सत्ता प्राप्तिको सम्भावना नभएपछि संसदमा रहेका प्रतिपक्ष दलहरूलाई एकैठाउँमा राखेर सरकारलाई दवाव दिने प्रयास दाहालको छ । सरकारलाई दवाव सिर्जना गर्न दाहालले शुक्रबार सदनमा प्रतिपक्षमा बसेका केही दलहरूको बैठक राखेर प्रधानमन्त्री केपी ओलीको राजीनामा समेत माग गरेका छन् ।

प्रधानमन्त्री ओलीको राजीनामा माग गर्नुपर्ने कुनै कारण र तर्क छैन । माओवादीका अध्यक्ष दाहालले ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा दिन सुझाव दिएर हास्यास्पद गतिविधि गरेका छन् ।

नेपाली कांग्रेसको समर्थनमा बनेको अहिलेको सरकारले निकै राम्रा कामहरू गरिरहेको छ । जनताले सोँचेअनुसार धेरै कामहरू हुन नसके पनि अघिल्लो सरकारले गरे जस्तो खराब काम भएका छैनन् । केही छिटफुट कुरा बाहेक सरकारले अधिकांश राम्रो काम गरिरहेको छ । सरकारले गरेका कामप्रति माओवादीका अध्यक्ष दाहाललाई चित्त बुझेको छैन । दाहालले सरकारको विरोध गरेर आलोचना मात्रै गरिरहेका छन् । सत्तामा हुँदा र सत्तान्दा बाहिर पुगेपछि दाहालको अभिव्यक्ति परिवर्तन भएको छ ।

प्रधानमन्त्री ओलीले संसदको हिउँदे अधिवेशन बोलाउने बताइसकेका छन् । ओलीले केही दिनभित्र संसदको बैठक आह्वान गर्ने तयारीमा छन् । सरकारले गरेको तयारी बुझेर पनि दाहालले सस्तो लोकप्रियताका लागि विपक्षमा रहेका दलहरूको बैठक राखेर धावा बोल्ने प्रयास गरेका छन् ।

संसदको नियमित हिउँदे अधिवेशन नबोलाएर गम्भीर प्रकृतिका कानूनहरू अध्यादेशमार्फत् जारी गर्ने सरकारको कामप्रति आपत्ति जनाएका छन् । उनीहरू तत्काल हिउँदे अधिवेशन बोलाउन माग गरेका छन् ।

दाहालले भने, ‘सरकार टिकाउन बहुमत छ भन्दै राज्यका निकायहरूलाई आफू अनुकूल दुरूपयोग गर्ने, संसद छल्ने र राजनीतिक निर्णय तथा काम कारबाहीहरू पूर्वाग्रही ढङ्गले गर्दै जाने प्रवृत्तिले अन्ततः लोकतन्त्र र विधिको शासनमाथि नै संकट ल्याउने हाम्रो ठहर छ ।’

‘हामी प्रतिपक्षी राजनीतिक दलहरू संसदको मर्यादा र गरिमाको सम्मान गर्दै तत्काल संसदको हिउँदे अधिवेशन आह्वान गर्न सरकारसमक्ष माग गर्दछौं’, विज्ञप्तिमा उल्लेख छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी र नेपाल समाजवादी पार्टीलाई राखेर सरकारविरुद्ध प्रयोग गर्न खोजेका छन् ।

Published : Saturday, 2025 January 18, 7:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया