कांग्रेस सांसद थकालीको पहलमा बारागुङ-छुसाङ सडकलाई बहुवर्षीय बजेट स्रोत सुनिश्चितता

काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधि सभाका सांसद योगेश गौचन थकालीको विशेष पहलमा अर्थ मन्त्रालयले कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजना जोमसोम मुस्ताङका लागि बहुवर्षीय स्रोत सहमति प्रदान गरेको छ ।
कागबेनीदेखि छुसाङसम्मको ९ दशमलव ८ किलोमिटर सडक कालोपत्रे गर्न अर्थ मन्त्रालयले बहुवर्षीय स्रोत सहमति प्रदान गरेको कांग्रेसका सांसद थकालीले बताए । उनले भने, ‘अर्थ मन्त्रालयले कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक योजनाअन्तर्गत बहुवर्षीय स्रोत सहमति प्रदान भएको छ ।’
सांसद थकालीले कागबेनीदेखि छुसाङ सडक कालोपत्रेका लागि अर्थ मन्त्रालयले बहुवर्षीय ठेक्का योजनाका रूपमा ५० करोड बजेट सुनिश्चित गरेको बताए । उनले भने, ‘मुस्ताङ जिल्लाको विकासको महारको रुपमा लिइएको यो सडक हामी सबैको ड्रिम प्रोजेक्टमा पर्छ । अर्थ मन्त्रालयले बजेट स्रोत सुनिश्चितता गरिदिएको छ ।’

कालोपत्रे नयाँ योजनाअन्तर्गत कागबेनीदेखि छुसाङसम्मको दूरीमा अस्फाल्ट कालोपत्रे सडकको नयाँ ठेक्का प्रक्रिया जेठ महिनाभित्र सम्पन्न हुनेछ ।
बजेट स्रोत सुनिश्चिततासँगै कोरला सडकअन्तर्गत पर्वतको मालढुंगादेखि छुसाङसम्म करिब ११५ किलोमिटर सडक कालोपत्रे हुनेछ ।
यसअघि कोरला सडकअन्तर्गत मालढुंगादेखि कागबेनीसम्म १०५ किलोमिटर सडकको कालोपत्रे ठेक्का भई काम अघि बढेको छ । कोरला सडक अन्तर्गत कागबेनीदेखि कोरलासम्म ९७ किलोमिटर ग्राभेल भइसकेको छ ।
पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता रोमी गौचन थकालीले बेनी–जोमसोम–कोरला सडक आयोजनाका लागि ठूलो प्रयास गर्दै आएका छन् । मुस्ताङको विकासका लागि पूर्वमन्त्री थकालीले यो सडक निर्माणमा जोडबल गर्दै आएका छन् ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
फेसबुकबाट तपाईको प्रतिक्रिया