नेपालको हित चाहने हो भने बीआरआई अनुदान सहयोगमै लिनुपर्छ : सभापति यादव

वीरगञ्ज । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले नेपालको हित चाहने हो भने बीआरआई परियोजना अनुदान सहयोगमै लिनुपर्ने बताएका छन् ।
बिहीबार वीरगञ्जमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका नेता समेत रहेका सभापति यादवले भने, ‘ऋण सहयोगमा लिनै हुँदैन । किनकि वैदेशिक ऋणको भार यति धेरै भइसकेको छ कि फेरि अर्को ऋण सहयोगको परियोजना लिने अवस्थामा नेपाल छैन ।’
‘त्यसकारण बीआरआई परियोजना अनुदान सहयोगमा नै नेपालले लिनुपर्छ’, सभापति यादवले भनेका छन् । पछिल्लो समय चीनले नेपालको सरकारसँग भन्दा पनि नेपालका कुनै दल विशेषसँग डील गर्न थालेपछि नेपालमा चीनप्रति हेर्ने नेपालका दल र नागरिकको दृष्टिकोण फेरिएको उनले बताएका छन् ।
बीआरआईका सन्दर्भमा सत्तामै रहेका दुई ठूला दल कांग्रेस र एमालेको मत फरक–फरक आउनु दुर्भाग्य भएको सभापति यादवले बताएका छन् ।
उनले कुनै पनि देशसँग वैदेशिक सहायताका सन्दर्भमा छलफल वा संवाद गर्दा नेपालको स्वार्थलाई पहिलो प्राथमिकतामा राखेर निडर भएर नेपाली पक्ष प्रस्तुत हुनुपर्ने बताएका छन् ।
सभापति यादवले भने, ‘चीन हाम्रो छिमेकी मुलुक हो । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको देश पनि हो ।’
‘त्यसकारण चीनसँग डील गर्दा पहिले हाम्रो आवश्यकता के हो ? अवस्था के छ ? त्यसले दीर्घकालीन फाइदा के छ ? त्यो विचार गरेर मात्रै अन्तिम निर्णयमा पुग्नुपर्छ’, उनले भने ।
सभापति यादवले पछिल्लो समय नेपालमा चीनको भूमिका बढेर गएकोमा भारत सशंकित बनेको चर्चा चलेको पनि बताएका छन् ।
‘हामीले चीनसँग डिल गर्दा, दक्षिणको हाम्रो छिमेकी मुलुक भारतलाई हामी चीनको सहयोगले तपाईंको अहितमा कुनै काम हुन दिँदैनौ, कुनै समस्यामा पर्न दिँदैनौ भनेर भारतलाई पनि विश्वास दिलाउनु नै पर्छ’, उनले भने ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया