तीन समितिका संयोजकहरू चयन गर्ने निर्णय कांग्रेसद्वारा अनुमोदन

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाअन्तर्गतका समितिहरूमा आफ्नो प्रभावकारी कार्य गर्नका लागि संयोजकहरू चयन गर्ने निर्णयलाई अनुमोदन गरेको छ ।
बिहीबार बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको संसदीय दल कार्यसमितिको बैठकले विभिन्न समितिहरूमा संयोजक चयन गर्ने कांग्रेसको निर्णयलाई अनुमोदन गरेको प्रमुख सचेतक श्यामकुमार घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसका सांसद र समितिका सभापतिहरूलाई समन्वय गरेर विधेयक तथा विषयहरूमा सहयोग गर्न कांग्रेसले तीन वटा समितिमा संयोजकहरू चयन गरेको थियो ।
‘प्रतिनिधि सभा अन्तर्गतका अर्थ समितिका लागि माननीय डा. प्रकाशशरण महत, सार्वजनिक लेखा समितिका लागि माननीय संजय कुमार गौतम र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका लागि माननीय चन्दा चौधरी संयोजक चयन हुनु भएको निर्णयलाई यो बैठक अनुमोदन गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
फेसबुकबाट तपाईको प्रतिक्रिया