कांग्रेसद्वारा अनुशासन समिति गठन, सांसदहरूले अराजक गतिविधि गरे कारबाही हुने

काठमाडौं । नेपाली कांग्रेसल अनशासन समितिको संयोजकमा दिलेन्द्रप्रसाद बडूलाई नियुक्त गरेको छ ।
बिहीबार बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको संसदीय दल कार्यसमितिको बैठकले सांसद बडूलाई समितिको संयोजकमा चयन गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘नेपाली कांग्रेस संसदीय दलको विधानको धारा २० बमोजिम अनुशासन समिति गठनका लगि प्रतिनिधि सभा सदस्य माननीय दिलेन्द्रप्रसाद वडूलाई संयोजक चयन गर्ने निर्णय गर्दछ’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसले आफ्ना सांसदहरूलाई अनुशासनमा राख्न र संसदलाई मर्यादित बनाउन संसदीय समितिको संयोजकमा सांसद बडूलाई चयन गरेको छ । अब कांग्रेसका सांसदहरूविरुद्ध कुनै उजुरी परेमा वा अराजक अभिव्यक्ति दिने सांसदलाई अनुशासनको कारबाही हुनेछ ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
फेसबुकबाट तपाईको प्रतिक्रिया