माघी पर्वले सामाजिक सद्भाव कायम गर्न ठूलो भूमिका खेलेको छ : तरुण अध्यक्ष गुरुङ

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले मकर संक्रान्ति अर्थात् माघी पर्वका अवसरमा शुभकामना दिएका छन् ।
मंगलबार अध्यक्ष गुरुङले शुभकामना सन्देश व्यक्त गर्दै माघे संक्रान्ति अर्थात् माघी पर्वले सामाजिक सद्भाव कायम गर्न ठूलो भूमिका खेलेको बताए । विभिन्न जातजातिले मनाउने पर्वहरूका साथै माघी पर्वले पनि नेपालका सबै धर्म, भाषा, समुदायलाई एकताको सामाजिक सद्भावनामा बाँधेर राखेको उनले बताए ।
यस्तो खालको पर्वले संस्कृति जोगाउँदै चेतनामुलक समाज निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भनेर अध्यक्ष गुरुङले शुभकामना दिएका छन् ।
कसैले माघे संक्रान्ति र कसैले माघी पर्वका रुपमा आफ्नै परम्पराअनुसार मनाउने गरिएको यस पर्वले सबैमा सुख, शान्ति, समृद्धि र सामाजिक सद्भाव कायम होस् भनेर अध्यक्ष गुरुङले शुभकामना दिएका छन् ।
माघी पर्व अर्थात माघे संक्रान्तिलाई विशेष गरेर थारु, मगर लगायतका समुदायले विशेष महत्वका साथ मनाउने गरेको उनले स्मरण गरेका छन् ।
माघी पर्वमा घिउ, चाकु, तरुल, लड्डु, डिक्री लगायतका जस्तो विभिन्न परिकार खाने परम्परा छ ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
फेसबुकबाट तपाईको प्रतिक्रिया