कांग्रेस नेता केसी प्यूठान भूमि आयोगको अध्यक्षमा नियुक्ति, मन्त्री राणाले दिए बधाइ

काठमाडौं । नेपाली कांग्रेसका नेता सुवास केसी भूमि समस्या समाधान आयोग, जिल्ला समिति प्यूठानको अध्यक्षमा नियुक्ति भएका छन् ।
प्यूठान कांग्रेसका पूर्व सभापति समेत रहेका नेता केसीले सोमबार आयोगको अध्यक्ष पदको शपथ लिएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रिस्तरीय २०८१ पुस २९ गतेको निर्णयानुसार केसीलाई भूमि समस्या समाधान आयोग, जिल्ला समिति प्यूठानको अध्यक्षमा नियुक्ति गरिएको पत्रमा उल्लेख छ ।
लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले केसीलाई अध्यक्षमा नियुक्ति भएकोमा बधाइ दिएका छन् । मन्त्री राणाले केसीलाई कार्यकालको शुभकामना समेत दिएका छन् ।
Published : Tuesday, 2025 January 14, 10:05 am
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
फेसबुकबाट तपाईको प्रतिक्रिया