रवि छुटेको अर्को दिन प्रचण्ड, माधव र राजेन्द्रबीच अचानक भेट, ओलीले लगाएको आरोप पुष्टि

काठमाडौं । संसदमा प्रतिपक्षमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीचको भेट भएको छ ।
शुक्रबार सिंहदरबारमा तीन शीर्ष नेताहरूबीच भेट भएको हो । भेटमा सरकारको कामकारबाही र प्रधानमन्त्री केपी ओलीका पछिल्ला अभिव्यक्तिहरूका विषयमा छलफल भएको बुझिएको छ ।
सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने धरौटीमा छुटेको अर्को दिन संसदमा प्रतिपक्षमा बस्दै आएका ३ दलका शीर्ष नेताहरूको बैठक बसेर भावी रणनीतिमा छलफल गरेका छन् ।
केही दिन अगाडि बसेको नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले दाहाललाई राजावादीसँग साँठगाँठ रहेको आरोप लगाएका थिए । त्यो आरोप सेलाउन नपाउँदै दाहालले राजावादी नेता राप्रपाका अध्यक्ष लिङ्देनसँग भेट गरेका छन् । भेटमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपाललाई पनि साथमा राखेका छन् ।
संविधान संशोधनको विषयलाई लिएर प्रचण्ड, माधव र राजेन्द्रले कांग्रेस र एमालेभित्र विवाद बनाउन विभिन्न हर्कत गर्दै आएका छन् ।
उनीहरूका बीच सहकारी ठगका अभियुक्त रास्वपाका सभापति लामिछाने धरौटीमा रिहा भएको विषयमा पनि कुराकानी भएको बुझिएको छ ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया