बुद्धको जहाजमा समस्या देखिएपछि आकस्मिक अवतरण, पाइलटको प्रशंसानीय कार्य
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2021/09/Buddha-Air.jpg?resize=810%2C445)
काठमाडौं । प्राविधिक समस्या देखिएपछि बुद्ध एयरको जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ ।
सोमबार बिहान काठमाडौंबाट भद्रपुरतर्फ यात्रु बोकेर उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं डाइभर्ट गरेर सुरक्षित अवतरण गरिएको विमानस्थलले जनाएको छ । जहाजमा समस्या देखिएपछि पाइलटले कुशलतापूर्वक जहाजलाई सुरक्षित अवतरण गरेर प्रशंसनीय कार्य गरेका छन् ।
जहाजको दायाँ इञ्जिनमा समस्या देखिएको विमानस्थलका एक कर्मचारीले बताए । जहाजलाई भद्रपुर पुग्नुभन्दा पहिला नै बीचबाट काठमाडौं फिर्ता गरिएको छ ।
जहाजलाई अवतरण गराउने क्रममा विमानस्थलमा केही बेर अन्य उडान रोक्नु परेको छ । जहाज अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इमर्जेन्सी घोषणा गरिएको थियो ।
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/08/Sherbahadur-Deuba-5.jpg?resize=200%2C200)
सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Rabi-Mukul.jpg?resize=200%2C200)
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Bp-Ganesman-Kishun-ji.jpg?resize=200%2C200)
वीपीलाई यसरी स्मरण गर्छन् कान्छाे छाेरा डा.शशांक कोइराला
डा.शशांक कोइराला, नेता, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/12/PL-Singh-Jp-Gupta.jpg?resize=200%2C200)
फेसबुकबाट तपाईको प्रतिक्रिया