सांसद अपहरणको अभियोग लागेका एमाले नेता खनालले पार्टी छाडे
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2021/10/Kp-Oli-Sarbendra-Khanal.jpg?resize=810%2C498)
काठमाडौं । एमालेका नेता महेश बस्नेतको भाउतोमा लागेर तत्कालीन समयमा प्रतिनिधिसभाका सांसद अपहरण गरेको अभियोग लागेका नेपाल प्रहरीका पूर्वआईजीपी समेत रहेका एमाले नेता सर्वेन्द्र खनालले पार्टी छाडेको घोषणा गरेका छन् ।
प्रहरी जीवनबाट अवकास पाउनेवित्तिकै खनाल एमालेमा प्रवेश गरेका थिए । एमालेले खनाललाई विश्वास गरेर दुई पटकसम्म प्रतिनिधिसभाको टिकट दिएको थियो । तर, खनालले जित हासिल गर्न सकेनन् ।
आइतबार सामाजिक सञ्जालमार्फत खनालले आफू कुनै पनि राजनीतिक दलमा नरहेको बताएका छन् । खनाल विवादित छविका व्यक्ति मानिन्छन् । तत्कालीन समयमा काठमाडौं अपराध महाशाखाको प्रमुख रहेका बेला खनालले कुमार घैटेलाई कथित इन्काउन्टरका नाममा गोली हानेर हत्या गरेका थिए । घैटेको इन्काउन्टर गरेको विषयमा प्रतिनिधिसभाको बैठकमा समेत खनालविरुद्ध आवाज उठेको थियो ।
खनालले लेखेका छन्, ‘हजुरहरू मेरो राजनीतिकस्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आवद्ध छैन ।’
‘म स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु’, खनालले भनेका छन्, ‘म देश र समाज हितका लागि आफ्नो समय परिस्थिति अनुकुल सधैं सक्दो कार्यहरु गरिरहनेछु ।’
खनाल २०७९ असोज ६ गते एमाले प्रवेश गरेका थिए । खनाललाई एमालेका अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराएका थिए ।
एमाले प्रवेश गरे लगतै खनालले एमालेबाट काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यको टिकट पाएका थिए । खनाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिशिर खनालसँग पराजित भएका थिए ।
त्यसपछि एमालेले खनाललाई पुनः तनहुँमा भएको प्रतिनिधिसभाको उपनिर्वाचनमा टिकट दिएको थियो । तनहुँमा पनि खनाल रास्वपाका स्वर्णिम वाग्लेसँग पराजित भएका थिए ।
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/08/Sherbahadur-Deuba-5.jpg?resize=200%2C200)
सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Rabi-Mukul.jpg?resize=200%2C200)
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Bp-Ganesman-Kishun-ji.jpg?resize=200%2C200)
वीपीलाई यसरी स्मरण गर्छन् कान्छाे छाेरा डा.शशांक कोइराला
डा.शशांक कोइराला, नेता, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/12/PL-Singh-Jp-Gupta.jpg?resize=200%2C200)
फेसबुकबाट तपाईको प्रतिक्रिया