एमालेभित्र उथलपुथल भइरहेका बेला ओली र भण्डारीबीच भेटवार्ता

काठमाडौं । एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटघाट भएको छ ।

बिहीबार काठमाडौंको बुढानिलकण्ठस्थित भण्डारीको विनासीमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटमा एमालेको आन्तरिक राजनीतिका विषयमा कुराकानी भएको बुझिएको छ ।

करिब दुई घण्टा भएको भेटमा एमालेको पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको थियो ।

एमालेले नेता भीमबहादुर रावललाई पार्टीबाट कारबाही गरेर निष्काशन गरेको दुई दिनपछि ओलीले भण्डारीसँग भेट गरेका छन् । भण्डारी पनि एमालेका राजनीतिमा सक्रिय हुने चर्चा चलेको छ ।

Published : Thursday, 2025 January 2, 8:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया