सहकारी ठगका अभियुक्त रविको तस्बिरबारे महासचिव पोखरेलको सटिक टिप्पणी

काठमाडौं । सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको हिरासतको तस्बिर बाहिर सार्वजनिक भएको प्रशंगमा एमाले महासचिव शंकर पोखरेलले कठोर टिप्पणी गरेका छन् ।

बिहीबार पोखरेलले सामाजिक सञ्जालको स्टन्ट र प्रोपोगाण्डाबाट राजनीतिमा उदाएकाहरू त्यसकै चरम दुरुपयोगबाट विस्थापित हुने बाटोमा अग्रसर देखिएको बताएका छन् । लामिछानेको नाम उल्लेख नगरेर महासचिव पोखरेलले रास्वपाका नेताहरूको पटन शुरु भएको बताए ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेको भनिएको तस्बिर सार्वजनिक भएपछि विभिन्न खालका टिप्पणी भएका छन् ।

पोखरेलले लेखेका छन्, ‘सोसल मिडियाको स्टन्ट र प्रोपोगाण्डाबाट राजनीतिमा उदाएकाहरू त्यसकै चरम दुरुपयोगबाट विस्थापित हुने बाटोमा अग्रसर देखिन्छन् ।’

रास्वपाका सभापति एवम् पूर्वउपप्रधान एवम् गृहमन्त्री लामिछानेविरुद्ध प्रहरीले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ । लामिछानेविरुद्ध प्रहरीले अदालतमा मुद्दा दर्ताको तयारी गरेका बेला रास्वपाका नेताहरूले नयाँ खालको फण्डा निकालेर लामिछानेलाई बचाउने प्रयास गरेका छन् । उनीहरूले न्यायायलयलाई प्रभावित बनाउन हिरासतको तस्बिर बाहिर ल्याएको आरोप लागेको छ ।

Published : Thursday, 2024 December 19, 1:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया