सहकारी ठगका अभियुक्त रविलाई बचाउन रास्वपाका नेताहरूको नयाँ फण्डा
काठमाडौं । सहकारी ठगका अभियुक्त रवि लामिछाने लामो समय पुर्पक्षको लागि जेल चलान हुने सम्भावना देखेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता कार्यकर्ताले सामाजिक सञ्जालको दुरुपयोग गरेर फण्डा शुरु गरेका छन् ।
पूर्वउपप्रधान एवम् गृहमन्त्री समेत रहेका रास्वपाका सभापति लामिछाने हिरासतमा सुतेको तस्बिर दीपक बोहराले आफ्नो फेसबुक पेजमा राखेर गलत सन्देश दिन खोजेका छन् । लामिछानेका सबैभन्दा नजिकका सहयोगीका रुपमा काम गर्दै आएका बोहराले फेसबुक पेजमा लाइभ गरेर हिरासतमा लामिछाने सुतेको तस्बिर लामिछाने कै रहेको दाबी गरेका छन् । तस्बिरका विषयमा प्रहरीले औपचारिक रुपमा केही बोलेको छैन । तस्बिर बाहिर आएको विषयमा अनुसनधान शुरु गरेको कास्की प्रहरीले जनाएको छ ।
लामिछानेलाई हिरासतमा पनि प्रहरीले निकै राम्रो तरिकाले राखेको तस्बिरमा देख्न सकिन्छ । हिरासतमा अन्य व्यक्तिलाई यत्तिको सुविधा हुँदैन । लामिछानेलाई आढ्ने बिछाउने, टेबल, कुर्सी, किताव, उज्यालो कोठा आदिको सुविधा दिइएको छ । कोठा पनि निकै सफा देखिएको छ । सहकारीको करोडौं रकम ठगी गरेर पनि हिरासतमा निकै आरामदायी रुपमा सुतेका छन् ।
तस्बिरमा सत्यता छ र प्रहरीले नै तस्बिर बाहिर ल्याएको हो भने गम्भीर विषय हो । दोषीलाई कानून बमोजिम दण्ड र सजाय हुनुपर्छ । होइन भने फण्डा गर्नका लागि रास्वपाका नेता कार्यकर्ताले हर्कत गरेका हुन् भने सहकारी ठगका अभियुक्तलाई बचाउन गरिएका अन्तिम प्रयास हुन् भनेर बुझ्नुपर्छ ।
लामिछानेविरुद्ध प्रहरीले निकै बलिया, तथ्य प्रमाणहरू जम्मा गरेर राखेको छ । लामिछानेलाई सहकारी ठग, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउने भनेर सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाएको छ ।
संगिठत अपराध र सम्पत्ति शुद्धीकरणमा लामिछानेविरुद्ध मुद्दा दर्ता भयो भने राजनीति चौपट हुनेछ । लामिछानेलाई मद्दा लड्दा लड्दै जिन्दगी जानेछ । सहकारी ठगका अभियुक्त लामिछानेलाई बचाउने प्रयास स्वरुप रास्वपाका नेता कार्यकर्ताले हिरासतको तस्बिर बाहिर ल्याएर अनुसन्धान र न्यायालयलाई प्रभावमा पार्न खोजेका छन् । तर, लामिछानेलाई बचाउने फण्डाले धेरै काम गर्ने सम्भावना छैन ।
उता, गाँजाको तालमा गतिविधि गर्दै आएको आरोप लागेका डा.निकोलश भुसाल सहकारी ठगका अभियुक्त लामिछानेको तस्बिर आफूले सीसीटीभीबाट खिचेर बाहिर ल्याएको दाबी गरेका छन् । भुसालले हिरासतको तस्बिर खिचेर बाहिर ल्याएको पुष्टि भयो भने उनलाई कानून बमोजिम हदैसम्मको कारबाही हुनुपर्छ ।
सामाजिक सञ्जालमा हिरासतको तस्बिर भनेर दुई थरी तस्बिर भाइरल भइरहेका छन् । एउटा तस्बिरमा लामिछाने सुविधा सम्पन्न कोठामा सतेको देख्न सकिन्छ । अर्को तस्बिरमा लामिछाने छैनन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया