एमालेका ठूलै नेताकी पत्नीसहित २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । जिल्ला अदालत मोरङले उमागौरी कृषि सहकारी ठगी कसूरमा अञ्जना कोइराला पोखरेलसहित २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
पक्राउ पुर्जी जारी भएकी अञ्जना एमालेका नेता समेत रहेका सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी हुन् ।
अञ्जलासहित २५ जनाविरुद्ध जिल्ला अदालत मोरङले पक्राउ पुर्जी जारी गरेको हो । १ महिनादेखि इलाका प्रहरी रंगेलीले अनुसन्धान गरेर बुझाएको अभियोग प्रतिवेदनउपर अभियोजन गरेर सरकारी वकिलको कार्यालय मोरङले सहकारीको रकम हिनामिना कसूरमा अध्यक्ष शम्भु रौनियारसहित २६ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।
त्यसपछि अदालतले मंगलबार पूर्वसञ्चालक अञ्जनासहित २५ जनाविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ । मुद्दा दर्ता भएका २६ मध्ये सञ्चालक समिति सदस्य रोशन राजवंशी पक्राउ परेका छन् । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सबैजना फरार छन् ।
सहकारीको करोडौं रकम ठगी र अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने दुई महिनादेखि हिरासतमा रहेका बेला एमालेका नेताकै पत्नीसहितका २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया