सहकारी ठगका अभियुक्त लामिछानेलाई उम्किनै नदिने गरी प्रतिवेदन तयार, नेताहरू बोलाए
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/10/Rabi-Lamichhane-2.jpg?resize=810%2C510)
पोखरा । सकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन जिल्ला प्रहरी कार्यालय कास्कीले बुझाएको छ ।
सोमबार प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय कास्कीलाई प्रहरीले दिएको रायमा लामिछानेलाई कैद र जरिवाना हुनुपर्ने उल्लेख छ ।
लामिछानेलाई मुद्दा चलाउने रायसहितको सुझाव सरकारी वकिलमा पुगेपछि रास्वपाका नेताहरू पोखरामा जम्मा भएका छन् । मुद्दा अदालतमा दर्ता हुनेवित्तिकै आफू धरौटीमा छुट्ने लामिछानेले आफू निकटका नेताहरूसँग कुरा राख्ने गरेका छन् । लामिछानेले आफू धरौटीमा छुट्ने भनेर सन्देश पठाएपछि रास्वपाका नेता कार्यकर्ताहरू पोखरामा जम्मा भएका हुन् ।
प्रहरीले लामिछानेलाई सहकारी ठगीमा ४ देखि ६ वर्षसम्म कैद सजाय हुनुपर्ने राय दिएको छ । सहकारी ऐन, २०७४ को दफा १२२२ को उपदफा (छ), (ढ) र (त) विपरीत कसुर गरेको अनुसन्धानमा देखिएको भन्दै प्रहरीले सहकारी ऐन, २०७४ को दफा १२४ को उपदफा (१) को खण्ड (घ) को (४) (ङ) बमोजिम ४ देखि ६ वर्षसम्म कैद सजाय हुनुपर्ने राय दिएको उच्च स्रोतले जनाएको छ ।
लामिछानेलाई संगठित अपराधमा संगठित अपराध निवारण ऐन, २०७० को दफा ३(१), (२), (३ क) र (५) को विपरीतको कसूर गरेको भन्दै सोही ऐनको दफा ९ (क) र (ग) बमोजिम हुने सजायको थप ५० प्रतिशत सजाय हुनुपर्ने राय प्रहरीले सरकारी वकिलको कार्यालयलाई दिएको छ ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३ को उपदफा (१) को खण्ड (क), (ख) र (ग)ले निषेधित गरेको कार्य गरेकोले २ देखि १५ वर्षसम्मे कैद र बिगोको दोब्बर जरिवाना हुनुपर्ने प्रहरीको राय छ । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ दफा ३० को उपदफा १ बमोजिमको बिगोको दोब्बर जरिवाना र कसूरको मात्राअनुसार कैद सजाय हुनुपर्ने प्रहरीको राय छ । लामिछाने सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले प्रत्येक मुद्दामा थप सजाय माग गरिएको छ ।
लामिछानेसँग सम्पत्ति शुद्धीकरण मुद्दामा २७ करोड ८९ लाखभन्दा बढी बिगो असुल गर्नुपर्ने राय छ । प्रहरीले बुझाएको सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा लामिछानेबाट सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच रुपियाँ बिगो असुल गर्नुपर्ने राय दिएको छ ।
सूर्यदर्शन सहकारी ठगीसम्बन्धी अनुसन्धान प्रतिवेदनमा लामिछानेसहित ५१ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने राय पनि प्रहरीले दिएको छ । प्रतिवादीहरूबाट एक अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपियाँ बिगो असुल गर्नुपर्ने राय प्रहरीको छ ।
लामिछानेविरुद्ध सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउनुपर्ने र बिगो असुल गर्नुपर्ने राय प्रहरीले दिएको छ । राय अध्ययन गरेपछि जिल्ला सरकारी वकिल कार्यालय कास्कीले अदालतमा मुद्दा दायर गर्नेछ । लामिछानेले कार्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् ।
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/08/Sherbahadur-Deuba-5.jpg?resize=200%2C200)
सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Rabi-Mukul.jpg?resize=200%2C200)
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Bp-Ganesman-Kishun-ji.jpg?resize=200%2C200)
वीपीलाई यसरी स्मरण गर्छन् कान्छाे छाेरा डा.शशांक कोइराला
डा.शशांक कोइराला, नेता, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/12/PL-Singh-Jp-Gupta.jpg?resize=200%2C200)
फेसबुकबाट तपाईको प्रतिक्रिया