सभापति खतिवडाको प्रश्न, ‘सरकार कसको छ ? निराशा हुने काम कांग्रेस-एमालेले गर्दैनन्’
ओखलढुङ्गा । नेपाली कांग्रेसका नेता समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कांग्रेस र एमालेको गठबन्धनको सरकार रहेको भन्दै जनतामा निराशा आउन दिन नहुने बताएका छन् ।
शनिबार ओखलढुङ्गामा आयोजित कार्यक्रममा सभापति खतिवडाले कांग्रेस र एमालेको सरकार रहेकाले एकले अर्कालाई दोषारोपण गरेर गर्न नहुने बताए । उनले आलोचनाको राजनीतिक संस्कार अन्त्य हुनुपर्ने बताए ।
उनले भने, ‘अहिले सरकार कसको छ ? अमिरबाबु गुरुङ । तपाई र मेरो छ । जनतालाई निराशा दिने काम न त एमालेले गर्छ । न त कांग्रेसले गर्छ ।’
‘कांग्रेस र एमालेको गठबन्धनको सरकार अब सफल हुन सकेन भने आशा कसले जगाउने ? तपाईको अध्यक्ष प्रधानमन्त्री हुनुहुन्छ त्यो क्याबिनेटमा आज कान्छाराम तामाङ मन्त्री छ’, उनले भने ।
‘मैले त मेरो समितिमा बोलाएर कालोसूचीमा राखेको कान्छाराम के हो भनेर समितिमा ल्याएर कारबाही गर्नुपर्छ भनेर मेरो महामन्त्री विश्वप्रकाश शर्माले प्रश्न उठाएर कारबाही गर्नुपर्छ भनेर हामीले प्रस्ताव गरियो । मैले गरेँ’, सभापति खतिवडाले भने ।
उनले भने, ‘म राज्य व्यवस्था तथा सुशासन समितिको सभापति दीपक खड्का उर्जामन्त्री हुनुहुन्छ । स्काउटको पैसा तिरेको रहेन छ । कसैले गरेन । मैले प्रारम्भ गरेँ । मेरो पार्टीको नेता हो की साथी होस् ।’
‘पैसा तिराउनु पर्छ भने अस्ति पचास लाख तिर्नुभयो । पुससम्म पैसा तिर्छु भनेर कागज गराएको छु । म पार्टी हेर्दैन । गलत गर्ने मान्छे जो सुकै होस् । चिमको राजनीति म गर्न चाहँदैन । गालीको संस्कृति अन्त्य हुनुपर्छ’, खतिवडाले भने ।
सभापति खतिवडाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामकारबाही आलोचना गरेका छन् । उनले अख्तियार निकै छाडा भएको बताए ।
उनले भने, ‘अख्तियार अहिले छाडा जस्तो भएको छ । जतिखेर जसलाई मन लाग्यो…। ठूला मुद्दाहरू कहिल्यै नलैजाने । साना मुद्दाहरू २०–५० हजारका लिएर जाने । बेनामीका भरमा जथाभावी कारबाही गर्ने पद्धति छ ।’
‘यसलाई कसरी रोक्ने ? कसरी कन्ट्रोल गर्न सकिन्छ ? सुशासनको अनुभूति कसरी दिन सकिन्छ ? त्यो बाटोमा हामी जान्छौँ । भ्रष्टाचार त्यस्तै छ’, उनले भने ।
‘भ्रष्टाचार गर्दा हदम्याद नलाग्ने कुरा । म समितिमा आएपछि सबैको प्रेसर र सरकारलाई पनि भनेर भ्रष्टाचारको मुद्दामा हदम्याद नलाग्ने गरी हामीले एउटा दफा पारित गरेका छौँ । धेरै कुरा नयाँ ल्याउँदै छौँ’, सभापति खतिवडाले भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया