मुलुकलाई निकास दिन कांग्रेस-एमाले मिलेर सरकार बनाएका हौँ, दुबै प्रतिस्पर्धा पार्टी हुन् : तरुण अध्यक्ष गुरुङ
भोजपुर । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले मुलुकलाई निकास दिन दुई प्रतिस्पर्धी दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाएको बताएका छन् ।
भोजपुरमा शनिबार नेपाल तरुण दल भोजपुरले आयोजना गरेको कोशी प्रदेशअन्तर्गत तरुण दलका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्षहरूको भेलालाई सम्बोधन गर्दै गुरुङले मुलुकलाई निकास दिन र आर्थिक अवस्थाबाट माथि उठाउन कांग्रेस–एमाले मिलेर सरकार बनाएको बताए । उनले कांग्रेस र एमाले प्रमुख प्रतिस्पर्धी दल हुँदाहुँदै पनि राष्ट्रहितका लागि मिलेको बताए ।
उनले भने, ‘कतिपय साथीहरूलाई लाग्न सक्छ । कांग्रेस र एमाले मिलेकै हो त ? होइन । यो मुलुकको कांग्रेसको प्रतिस्पर्धा पार्टी एमाले हो । एमालेको कांग्रेस नै हो ।’
‘आज मुलुकको परिस्थिति बेग्लै छ’, अध्यक्ष गुरुङले भने, ‘आज यो मुलुकमा केही विदेशी शक्तिहरू, नेपालका केही प्रतिगामी शक्तिहरू, हामीले ल्याएको व्यवस्थाप्रति, नेपाली जनताको खुसीप्रति, नेपाली जनताको शिर फुटाउनेहरूलाई यो व्यवस्था मन परेको छैन ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया