आईजीपी अर्यालद्वारा निशान भगवती बगलामुखी माईको पञ्चवली पूजा

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको निशान भगवती श्री बगलामुखी माईको पञ्चवली एवं मंसिर पूजा सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले शनिबार बिहान ४ बजे संकल्प साइतमा ललितपुरको कुम्भेश्वरमा अवस्थित बगलामुखी माईको मन्दिरमा पूजा गरेका हुन् ।

पूजामा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरू तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू र महिला संघका पदाधिकारीहरू लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, स्थानीय भद्र भलाद्मी तथा विल्लादार जवानहरूको उपस्थिति रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

Published : Saturday, 2024 December 14, 9:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया