पूर्वराजा शाहद्वारा धारपानीमा महादेवको दर्शन

घोराही । पूर्वराजा ज्ञानेन्द्र शाहले दाङको घोराही उपमहानगरपालिका वडा नं. ५ मा रहेको धार्मिकस्थल पाण्डवेश्वर महादेव मन्दिरमा पूजाअर्चना गरेका छन् ।

शनिबार बिहान धारपानीस्थित पाण्डवेश्वर मन्दिरमा पत्नीसहित आइपुगेका पूर्वराजा शाहले महादेवको दर्शन गर्नुका साथै पूजाअर्चना गरेका हुन् । पूर्वराजा शाह पहिलो पटक धारपानी मन्दिरको दर्शन गर्न आएको छन् ।

पूर्वराजा शाह लुम्बिनी प्रदेशका केही जिल्लाहरूको भ्रमणका लागि नेपालगञ्जमा आएका हुन् । उनले आफ्ना शुभेच्छुकहरूसँग भेट गर्नुका साथै धार्मिकस्थलहरूको दर्शन र पूजाअर्चना गरेका छन् ।

Published : Saturday, 2024 December 14, 5:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया