एनपीएलका लागि विश्व प्रख्यात क्रिकेटर ब्रायन लारा काठमाडौंमा
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/12/Brayan-Lara-Cricket-Nepal.jpg?resize=810%2C481)
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सञ्चालन भइरहेका बेला वेष्टइण्डिजका विश्व प्रख्यात क्रिकेटर ब्रायन लारा काठमाडौं आएका छन् ।
शुक्रबार बिहान लारा छोरी र सहयोगीसहित काठमाडौं ओर्लिएका हुन् । लारालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले भव्य स्वागत गरेका छन् । लारा क्यानको निमन्त्रणामा एनपीएलको पहिलो संस्करण हेर्न काठमाडौं आएका हुन् ।
वेष्टइन्डिजका पूर्वकप्तानसमेत रहेका लाराले एनपीएलका केही खेल हेर्ने र खेलाडीहरूसँग साक्षात्कार गर्नेछन् ।
क्रिकेटर लाराले वेष्टइण्डिजका लागि सन् १९९० देखि २००७ सम्म राष्ट्रिय टोलीबाट खेलेका थिए । उनले वेष्टइण्डिजका लागि एक सय ३१ टेष्ट खेल खेलेका छन् । एक सय ३१ खेलबाट लाराले ११ हजार नौ सय ५३ रन बनाएका थिए । उनले टेस्ट क्रिकेटमा ३४ शतक प्रहार गरेका छन् । लाराले ४८ अर्धशतक प्रहार गरेका छन् ।
टेस्ट क्रिकेटमा एक खेलमै चार सय रन प्रहार गरेर विश्व रेकर्डसमेत उनले बनाएका छन् । लाराले सन् २००४ अप्रिल १२ मा इङ्ग्ल्यान्डविरुद्धको टेस्ट क्रिकेटमा अविजित रहँदै चार सय रन बनाएका थिए ।
लाराले वेष्टइण्डिजका लागि दुई सय ९९ एक दिवसीय खेल खेलेका छन् । एक दिवसीय क्रिकेटमा १९ शतक र ६३ अर्धशतक प्रहार गर्दै उनले १० हजार चार सय पाँच रन जोडेका छन् ।
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/08/Sherbahadur-Deuba-5.jpg?resize=200%2C200)
सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Rabi-Mukul.jpg?resize=200%2C200)
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Bp-Ganesman-Kishun-ji.jpg?resize=200%2C200)
वीपीलाई यसरी स्मरण गर्छन् कान्छाे छाेरा डा.शशांक कोइराला
डा.शशांक कोइराला, नेता, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/12/PL-Singh-Jp-Gupta.jpg?resize=200%2C200)
फेसबुकबाट तपाईको प्रतिक्रिया