इन्डो-नेपाल इकोनोमिक कन्फरेन्समा सहभागी हुन परराष्ट्रमन्त्री डा.राणा भारत जाने

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा इन्डो–नेपाल इकोनोमिक कन्फरेन्समा सहभागी हुन भारत भ्रमणमा जाने भएकी छिन् ।

नयाँ दिल्लीमा पुस ५ र ६ गते इन्डो–नेपाल इकोनोमिक कन्फरेन्स हुन लागेको छ । कन्फरेन्समा मन्त्री डा.राणा सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री डा.राणा हाल युरोप भ्रमणमा रहेकी छिन् । पुस ४ गते युरोपबाट स्वदेश फर्कने क्रममा नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ । परराष्ट्रमन्त्री डा.राणाको पुस ३ गते जर्मनीमा उच्चस्तरीय भेटवार्ता रहेको छ ।

भारत भ्रमणमा परराष्ट्रमन्त्री डा.राणाले भारतीय विदेशमन्त्री डा.एस.जयशंकरसँग पनि भेट्ने तयारी भएको छ । भेटमा प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणबारे पनि छलफल हुने सम्भावना छ ।

Published : Thursday, 2024 December 12, 10:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया