रेड नोटिस जारी गरेर प्रहरीले निराजनलाई यूएईबाट काठमाडौं ल्यायो

काठमाडौं । नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्धाका प्रतिवादी ४५ वर्षीय निराजन नेपालीलाई पक्राउ गरेको छ ।

मंगलबार नेपाल एयरको उडानद्वारा आगमन भएका रुकुम पूर्व जिल्ला आठबिसकोट नगरपालिका-५ स्थायी वतन भएका नेपालीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीको अपराध अनुसन्धान विभाग ईन्टरपोल शाखाले रेड नोटिस जारी गरेर यूएईमा पक्राउ गरी ल्याएको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ परेका नेपालीलाई ईन्टरपोल शाखाको टोलीले त्रिभुवन विमानस्थलबाट बुझेर लगेको छ ।

Published : Tuesday, 2024 December 10, 3:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया