विश्वशान्तिको कामना गर्दै लुम्बिनीमा दीप प्रज्जवलन तथा पूजा

लुम्बिनी । विश्व शान्तिको कामना गर्दै लम्बिनीमा दीप प्रज्वलन तथा पूजा गरिएको छ ।
शनिबार लुम्बिनीमा प्रसिद्ध बौद्ध धर्मगुरू क्याबगोंगमा शाक्य त्रिचेन रिन्पोछेले मायाँदेवी मन्दिरमा दीप प्रज्वलन गरि विश्व शान्तिको कामना गरेका हुन् ।
दीप प्रज्वलन पश्चात् भएको कार्यक्रममा बोल्दै रिन्पोछेले लुम्बिनीबाट विश्वशान्तिको प्रयास गर्नुपर्ने बताए ।
रिन्पोछेलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष संविधानसभा सदस्य डा.ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले भगवान बुद्वको जन्मस्थलमा स्वागत गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् ।
डा.लामाले भगवान बुद्धको जन्मस्थल लुम्बिनी, बुद्धत्व प्राप्त गरेको स्थान बोधगया, सर्वप्रथम धर्मदेशना गरेको स्थान सारनाथ र महापरिनिर्वाण भएको स्थान कुसीनगरलाई महत्वपूर्ण स्थान बताए । उनले जीवनमा एकपटक सबैले लुम्बिनी आउनुपर्ने बताए ।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले लुम्बिनीमा धर्मगुरूले आउनु सुखद् कुरा भएको बताए । लुम्बिनी साँस्कृतिक नगरपालिका उपप्रमुख कल्पना हरिजनले लुम्बिनीमा कोरोनाका कारण रोकिएको पूजा पुनः सञ्चालन भएकोमा खुसी व्यक्त गरिन् ।
रिपोन्छेलाई लुम्बिनी विकास कोषका सदस्यलसचिव सानुराजा शाक्य र कार्यकारीणी सदस्य श्याम रोक्काले स्वागत गरेका थिए । शाक्य मोन्लम पूजाको पूर्वसन्धयामा विश्वशान्तिको कामना सहित दीप्रज्जवल गरिएको कार्यकारिणी सदस्य श्याम रोककाले जानकारी दिएका छन् । शाक्यमोन्लम पूजा आइतबार बिहान उदघाटन गरेका हुन् ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया