सहकारी ठगका अभियुक्त लामिछानेसहितको गिरोहविरुद्ध अर्को पक्राउ पुर्जी
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Rabi-Lamichhane.jpg?resize=810%2C493)
वीरगञ्ज । सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेसहितको गिरोहविरुद्ध पर्सा जिल्लामा पनि पक्राउ पुर्जी जारी भएको छ ।
बुधबार पर्सा जिल्ला अदालतबाट लामिछाने, गोर्खा मिडिया नेटवर्क प्रा.लि.का तत्कालीन उपाध्यक्ष समेत रहेका पूर्व डीआईजी छविलाल जोशीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । वीरगञ्जको सानो पाइला सहकारीको बचत अपचलनको विषयमा अनुसन्धान गर्न प्रहरीलाई अदालतले लामिछानेसहितको गिरोहका नाइकेहरूविरुद्ध पक्राउ पुर्जी दिएको छ ।
रास्वपाका सभापति लामिछाने प्रबन्ध निर्देशक रहेका बेला सानो पाइल सहकारीबाट करिब ८ करोड रुपियाँ गोर्खा मिडिया नेटवर्कमा गएको थियो ।
लामिछाने र जोशीविरुद्ध कास्की, रुपन्देही, काठमाडौं र चितवनमा पनि पक्राउ पुर्जी जारी भइ संगठित अपराध, सम्पत्ति शुद्धीकरण, सहकागी ठगीमा अनुसन्धान जारी छ । लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् ।
सानो पाइला सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा ८ करोडभन्दा बढी रकम प्रवाह भएको देखिएको सहकारी अपचलन सम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदनमा उल्लेख छ ।
अहिले लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनमा लगिएको छ । चितवनमा बयान सकेपछि प्रहरीले लामिछानेलाई वीरगन्ज लैजानेछ ।
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/08/Sherbahadur-Deuba-5.jpg?resize=200%2C200)
सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Rabi-Mukul.jpg?resize=200%2C200)
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Bp-Ganesman-Kishun-ji.jpg?resize=200%2C200)
वीपीलाई यसरी स्मरण गर्छन् कान्छाे छाेरा डा.शशांक कोइराला
डा.शशांक कोइराला, नेता, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/12/PL-Singh-Jp-Gupta.jpg?resize=200%2C200)
फेसबुकबाट तपाईको प्रतिक्रिया