सहकारी ठगका अभियुक्त लामिछानेलाई चितवन लगियो
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/12/Rabi-Lamichhane.jpg?resize=810%2C388)
काठमाडौं । सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि चितवन लगिएको छ ।
मंगलबार बिहान काठमाडौंबाट भरतपुर विमानस्थलमा जहाजमार्फत लगिएको प्रहरीले जनाएको छ । काठमाडौंमा तीन दिनको बयानपछि लामिछानेलाई चितवन लगिएको छ ।
सहारा सहकारीको रकम अपचलन र ठगी काण्डमा लामिछानेविरुद्ध पुरक जाहेरी परेपछि प्रहरीले पक्राउका लागि चितवन जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको थियो ।
लामिछाने र उनको गिरोहले पोखरा, रुपन्देही, चितवन, काठमाडौं, वीरगञ्ज लगायतका सहकारीको रकम ठगी गरेको अभियोग लागेको छ । लामिछानेमाथि प्रहरीले ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गरिरहेको छ ।
सानो झुण्डमा जम्मा भएका रास्वपाका नेता कार्यकर्ताले भरतपुरमा केही समय नाराबाजी समेत गरेका थिए । सहकारी ठगका अभियुक्तलाई बचाउन भन्दै केही बिचौलिया, भाडाका टट्टुहरूले लामिछानेको पक्षमा नाराबाजी गरेको चर्चा भरतपुरमा छ ।
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/08/Sherbahadur-Deuba-5.jpg?resize=200%2C200)
सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Rabi-Mukul.jpg?resize=200%2C200)
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Bp-Ganesman-Kishun-ji.jpg?resize=200%2C200)
वीपीलाई यसरी स्मरण गर्छन् कान्छाे छाेरा डा.शशांक कोइराला
डा.शशांक कोइराला, नेता, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/12/PL-Singh-Jp-Gupta.jpg?resize=200%2C200)
फेसबुकबाट तपाईको प्रतिक्रिया