ओखलढुङ्गाको मोलुङ– ५ मा दुई पटक वडाध्यक्ष जितेको कांग्रेसले गुमायो

मोलुङ । नेपाली कांग्रेसले ओखलढुङ्गा जिल्लामा एउटा वडाध्यक्ष गुमाएको छ ।

आइतबार भएको मतगणनामा मोलुङ गाउँपालिकाको वडा नं. ५ मा एमालेका उम्मेदेवार गंगा तामाङ विजयी भएका छन् । यो वडामा यसअघि नेपाली कांग्रेसले दुई पटक जितेको थियो । २०७४ र २०७९ को निर्वाचनमा कांग्रेस विजयी भएको थियो ।

एमालेका तामाङले ३९९ मत पाएर विजयी भएका छन् । तामाङका प्रतिस्पर्धी कांग्रेसका धनश्याम दाहाल पराजित भएका छन् । दाहालले १७७ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट वडाध्यक्षका उम्मेदवार विष्णु पोखरेलले एक सय १५१ मत पाएका छन् । नेकपा (माओवादी केन्द्र)का मानबहादुर सुनुवारले २३ मत पाएका छन् ।

Published : Sunday, 2024 December 1, 10:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया