फराकिलो उद्देश्यसहित हामी अघि बढ्नुपर्छ, महाधिवेशन र चुनावकै कुरामात्र गर्न हुन्न : गगन थापा
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/11/Gagan-Thapa.jpg?resize=810%2C481)
हेटाैंडा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस नेपालको मूलशक्ति भएको बताएका छन् ।
मंगलबार मकवानपुरमा आयोजित कार्यक्रममा थापाले भने, ‘हाम्रो पार्टीभित्र बहस हुन्छ । अरू पार्टीमा जस्तो छलफल गरेकै आधारमा पार्टीबाट छाडेर पनि जानुपर्दैन ।’ महामन्त्री थापाले भने, ‘फराकिलो उद्देश्यसहित हामी अघि बढ्नुपर्छ । महाधिवेशन र चुनावकै कुरामात्र गर्न हुन्न ।’
थापाले महाधिवेशन हुन्छ कि हुँदैन भनेर रुवाबासी नगर्न आग्रह गरेका छन् ।
प्रतिबन्धित कालमा महाधिवेशन गरेको पार्टीले अहिले समयमै महाधिवेशन गर्ने भएकोले ढुक्क हुन महामन्त्री थापाले आग्रह गरेका छन् ।
उनले पार्टीभित्र कसैलाई महाधिवेशनका पक्षधर र कसैलाई महाधिवेशन नगर्ने बनाइएको उल्लेख गरे । थापाले १५औं महाधिवेशन आनन्दसँग गरिने बताए ।
उनले भने, ‘पार्टीका मञ्चहरूमा र केन्द्रीय समितिमा २०८४ को चुनाव र १५औं महाधिवेशनबारे कुरा गर्छौं, १५औं महाधिवेशन हुन्छ, रूवाबासी नगरौं ।’
थापाले भने, ‘प्रतिबन्धित कालमा त सम्हालिएर आएको पार्टीले आनन्दसँग समयमै महाधिवेशन गर्छ ।’
‘को नेतृत्वमा आउने कुरा समयमा सोचौंला’, थापाले भने, ‘अहिले २०८१ मा छौं, काम गर्ने हो २०८४ को चुनावको चिन्ता गर्ने होइन ।’
महामन्त्री थापाले नेपाली जनता समस्याले उकुसमुकुस भएको भन्दै समाधानका लागि आफ्नो पार्टीले सम्बोधन गर्नुपर्ने बताए । उनले नेपाली जनतामा प्रगतिको भोक रहेको बताए ।
‘आजको दिनको नेपाली समाजको सबैभन्दा ठूलो समस्या भनेको प्रगतिको भोक छ । त्यसमा हामीले सोच्नुपर्नेछ’, थापाले भने ।
‘जनता छन्, उनीहरूसँग समस्या छन्, त्यसको समाधान कांग्रेसले पूरा गरिदियोस् भन्नेछ’, उनले भने, ‘पुराना कुरामा अड्किएर बस्ने होइन । नेपाली समाज उकुसमुकुस छ । त्यसलाई हामीले सम्बोधन गर्नुपर्नेछ ।’
‘माटो छ, भूगोल छ, मेची महाकालीको नक्सा छ । त्यो नक्साभित्र हामी बसेका छौं’, थापाले भने, ‘कुनैबेला समस्या के थियो, हिंसा थियो । कुनैबेला हाम्रो अधिकार थियो ।’
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/08/Sherbahadur-Deuba-5.jpg?resize=200%2C200)
सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Rabi-Mukul.jpg?resize=200%2C200)
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Bp-Ganesman-Kishun-ji.jpg?resize=200%2C200)
वीपीलाई यसरी स्मरण गर्छन् कान्छाे छाेरा डा.शशांक कोइराला
डा.शशांक कोइराला, नेता, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/12/PL-Singh-Jp-Gupta.jpg?resize=200%2C200)
फेसबुकबाट तपाईको प्रतिक्रिया