कांग्रेसको आर्थिक नीति तथा योजना विभागमा सदस्यहरू मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आर्थिक नीति तथा योजना विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।

सभापति देउवाले विभागमा १० जना सदस्यहरू मनोनयन गरिएको विज्ञप्तिमा उल्लेख छ । विभागका प्रमुख समेत रहेका कांग्रेसका केन्द्रीय सदस्य डा.गोविन्दराज पोखरेलको सिफारिसमा सदस्यहरू मनोनयन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

विभागको सदस्यमा मनोनयन हुनेहरूमा प्रा.विनय कुसियत (धनुषा), प्रा.डा.रश्मी राजभण्डारी (काठमाडौं), डा. सुदन ओली (रोल्पा), डा. ईशा घर्ती (लम्जुङ), डा.रेवतबहादुर कार्की (ओखलढुङ्गा) रहेका छन् ।

डा. प्रताप छत्कुली (धादिङ), डा. राजेन्द्रबीर चन्द (कैलाली), अमरबहादुर रोकाय (सुर्खेत), राजकुमार त्रिपाठी (धादिङ) र होमप्रसाद घिमिरे (ललितपुर)लाई विभागको सदस्यमा मनोनयन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Tuesday, 2024 December 31, 12:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया