कांग्रेस सदैव स्वतन्त्र प्रेसको पक्षमा छ : परराष्ट्रमन्त्री डा.राणा
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/12/Dr-Arzu-Rana-6.jpg?resize=810%2C450)
धनगढी । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राजनीतिक स्थायित्वका निम्ति दुई ठूला पार्टी मिलेर सरकार निर्माण गरिएको बताएकी छिन् ।
धनगढीमा शनिबार आयोजित कार्यक्रममा डा.राणाले मुलुकको विकासका निम्ति आवश्यक राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार गठन भएको र सोहीअनुसार अघि बढेको बताइन् ।
उनले वर्तमान सरकारले मुलुकलाई आर्थिक र समाजिक रूपमा कसरी अगाडि बढाउने भन्नेमा ध्यान केन्द्रित गरेको समेत बताएकी छिन् ।
आर्थिक तथा सामाजिक विकासका निम्ति देशमा लगानीको वातावरण बनाउन सरकार क्रियाशील रहेको उनले बताइन् ।
परराष्ट्रमन्त्री डा.राणाले नेपालमा प्रजातन्त्र, लोकतन्त्र स्थापनामा पत्रकारिताजगतको ठूलो योगदान रहेको बताएकी छिन् । उनले नेपाली कांग्रेस सदैव स्वतन्त्र प्रेसको पक्षमा रहेको बताएकी छिन् ।
उनले भनिन, ‘हामीले संविधानको प्रस्तावनामै पनि पूर्ण प्रेस स्वतन्त्रता हुने उल्लेख गरेका छौँ । मौलिक हकमार्फत थप अधिकार सुनिश्चित गरिएको छ ।’
‘यसका लागि संविधान निर्माणको समयमा कांग्रेसले ठूलो भूमिका निर्वाह गरेको छ’, परराष्ट्रमन्त्री डा.राणाले भनिन् ।
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/08/Sherbahadur-Deuba-5.jpg?resize=200%2C200)
सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Rabi-Mukul.jpg?resize=200%2C200)
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Bp-Ganesman-Kishun-ji.jpg?resize=200%2C200)
वीपीलाई यसरी स्मरण गर्छन् कान्छाे छाेरा डा.शशांक कोइराला
डा.शशांक कोइराला, नेता, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/12/PL-Singh-Jp-Gupta.jpg?resize=200%2C200)
फेसबुकबाट तपाईको प्रतिक्रिया